
काठमाडौँ , २४ माघ । बुधबार थुनछेक बहस नसकिएपछि सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई आज पनि चितवन अदालतमा उपस्थित गराइँदैछ ।उनलाई बुधबार थुनछेक बहस नसकिएपछि बिहीबर १० बजे अदालतमा उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाइएको थियो । न्यायाधीश दयाराम ढकालको इजलासमा बहस जारी छ ।
साहारा बहुउद्देश्यीय सहकारीको बचत अपचलन प्रकरणमा थुनछेक बहस नसकिएको भन्दै अदालतले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राख्ने निर्णय गरेको थियो।
साहारा सहकारी मुद्दामा बुधबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस भएको थियो। सरकारी वकिलहरूको बहसपछि अदालतले लामिछानेलाई बिहीबार पुनः अदालतमा उपस्थित गराउने गरी हिरासतमा पठाएको हो। साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा रवि लामिछानेसहित थप १५ जनाविरुद्ध मुद्दा दायर भएको छ।
चितवन जिल्ला अदालतमा मंगलबार पूरक मुद्दा दर्ता गरिएको थियो। यो मुद्दामा पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित ३२ जना प्रतिवादी बनाइएका छन्। उनीहरूमाथि ठगी र संगठित अपराधको अभियोग लगाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे