
सुनसरी। धरान उपमहानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएर एक सडक निर्माण कार्यको छानबिन गर्न अनुरोध गरेको छ।
पत्रमा उपमहानगरपालिकालाई जानकारी नै नदिई सडक निर्माण कार्य भएको उल्लेख गरिएको छ। सो कार्य राति सम्पन्न गरिएकाले गुणस्तरहीन निर्माण हुन सक्ने सम्भावनालाई उठान गर्दै यस विषयलाई गम्भीर रूपमा लिन आग्रह गरिएको छ।
सडक निर्माण राति गर्नुपर्ने कारण, अत्यावश्यकता के थियो भन्ने विषयमा छानबिन गरिनुपर्ने धारणा व्यक्त गरिएको छ। साथै, उपमहानगरपालिकाभित्र राति सडक निर्माण गर्न कानुनी रूपमा के व्यवस्था छ भन्ने स्पष्ट पार्न पनि अनुरोध गरिएको छ।
भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक कदम चाल्न अख्तियारलाई आग्रह गरिएको छ।
उक्त पत्रको प्रतिलिपि प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, र धरान उपमहानगरपालिकाका प्रमुख प्रशासनिक अधिकृतलाई समेत पठाइएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे