
काठमाडौं, १८ माघ । नेपाल बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। आज सुनको मूल्य प्रतितोला दुई हजार तीन सयले बढेर छापावाल सुन एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुनको मूल्य एक लाख ६० हजार पाँच सय थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला रु. ३० ले वृद्धि भएर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य एक हजार आठ सय ८५ थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे