
काठमाडौँ , ८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् छ । मंगलबार ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा राष्ट्रपति पौडेलले बधाई दिएका हुन् ।
राष्ट्रपति पौडेलले एक सन्देशमार्फत राष्ट्रपति ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै नेपाल र संयुक्त राज्य अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा नेपाल र अमेरिकाबिचको सम्बन्धले दुवै मुलुकका जनताको हितमा अझ सुदृढ भूमिका खेल्ने उल्लेख गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे