
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीहरूको छिटो र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
उनले सोमबार फेसबुकमा लेख्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनका अनुसार पहिले सुकुम्वासीहरूलाई सेनासहितको सुरक्षाकर्मी प्रयोग गरी हटाएर होल्डिङ सेन्टरमा राखिएको थियो, तर अहिले उनीहरूलाई पुनः बसोबासको व्यवस्था बिना नै त्यहाँबाट निकाल्ने धम्की दिइएको छ, जुन गलत र गैरजिम्मेवार कदम हो।
श्रेष्ठले सुकुम्वासीहरूलाई वैज्ञानिक र मानवीय तरिकाले बसोबासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउने काम बन्द गर्नुपर्ने बताएका छन्। उनका अनुसार यदि उचित व्यवस्था बिना यस्तो कदम चालियो भने त्यसले गम्भीर समस्या निम्त्याउन सक्छ।
उनले सरकारलाई छिटो समाधान खोज्न र प्रभावित परिवारहरूको सुरक्षित पुनर्वास सुनिश्चित गर्न पनि आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे