
काठमाडौँ , ६ माघ । वीरगंज महानगरपालिका-१९ बर्वाबाट अवैध लागूऔषध गाँजा १ सय ९५ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा अनलोड गरी परालको थुप्रोमा लुकाई छिपाई भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे