
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले ‘मेरो घर कर्जा’ नामक नयाँ आवास कर्जा योजना सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूको आफ्नै घर र जग्गा खरिद गर्ने सपनालाई साकार गर्न मद्दत गर्ने उद्देश्य राखेको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले ५ करोड रुपैयाँसम्मको कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले यस कर्जामा आधार दरमाथि १.२० प्रतिशतदेखि १.४५ प्रतिशतसम्मको प्रिमियम ब्याजदर लागू गरेको छ।
यो कर्जा सुविधा ग्राहकले घर किन्न तथा जग्गा खरिद गर्न दुवैका लागि उपयोग गर्न सक्नेछन्।
बैंकले यो सेवा सम्बन्धी थप जानकारीका लागि नजिकैको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे