
काठमाडौँ ,१७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेशिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य र डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन्।
नवनियुक्त राजदूतहरूमा प्रकाशमणि पौडेल ९गणतन्त्र पोर्चुगल०, डा। नेत्रप्रसाद तिम्सिना ९मलेशिया०, प्राडा। कपिलमान श्रेष्ठ ९गणतन्त्र दक्षिण अफ्रिका०, सेवा लम्साल ९बेल्जियम अधिराज्य० र सुम्निमा तुलाधर ९डेनमार्क० रहेका छन्। उनीहरू सबैले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति सचिवालयले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे