
रुपन्देही । सशस्त्र प्रहरी बलको नं. २८ गण कपिलवस्तुले आफ्नो १८औँ वार्षिकोत्सव पुस १५ गते सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीना सहभागी भएका थिए।
कार्यक्रममा अतिथिहरूले गणको योगदान र उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्न प्रेरित गर्ने आशय व्यक्त गरेका थिए। गणको वार्षिकोत्सवले सशस्त्र प्रहरी बलको सेवा र समर्पणलाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे