
बर्दिया ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बर्दिया जिल्लाको बडैयाताल गाउँपालिका–६, मैनापोखरस्थित शारदा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूका लागि विशेष वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा ७० जना विद्यार्थीले सहभागिता जनाएका थिए।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको वित्तीय ज्ञान अभिवृद्धि गर्दै विवेकशील वित्तीय अभ्यासलाई प्रोत्साहन गर्नु रहेको थियो। कार्यक्रममा बचत र बजेट व्यवस्थापन, ऋण, सेयर, डिम्याट, डिजिटल सेवा, तथा डिजिटल ठगीबाट जोगिने उपायजस्ता महत्वपूर्ण विषयवस्तुहरू समेटिएको थियो।
कार्यक्रमले सहभागीहरूलाई वित्तीय विषयमा व्यवहारिक ज्ञान प्रदान गर्दै भविष्यमा उनीहरूको वित्तीय निर्णयहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे