
काठमाडौँ , पुस १२ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी दिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चिसो र शीतलहरको प्रभाव बढ्ने छ, जसले स्वास्थ्य समस्याहरू सिर्जना गर्न सक्ने संभावना रहेको छ। प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले सावधानी अपनाउन आग्रह गर्दै, उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपात, विभिन्न स्थानहरूमा वर्षा र तराई क्षेत्रमा शीतलहरको सम्भावना व्यक्त गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गर्दै, पश्चिमी न्यून चापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका अधिकांश स्थानमा मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ। भोलि शनिबार, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे