
काठमाण्डौ। नेपालिज मार्केटिङ एसोसिएसन (NMA) को तेस्रो वार्षिक साधारणसभा (AGM) सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका बोर्ड अफ डाइरेक्टर्स महेश स्वार, डा. गोपाल थापा, पुनम सिंह, सुशील अवाले, अभय प्रसाद गोरखाली, सुरेन्द्र थापा, प्रणय रत्न स्थापित, श्रीजना जोशी महर्जन र सत्येन्द्र उप्रेतीसहितका संस्थापक सदस्य र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपालिज मार्केटिङ एसोसिएसन (NMA) गैर-नाफामूलक संस्था हो, जसले नेपालको मार्केटिङ क्षेत्रलाई सहयोग पुर्याउँदै यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहँदै आएको छ।
यस संस्थाले मार्केटिङ पेशामा आबद्ध व्यक्तिहरूलाई सशक्त बनाउन, उनीहरूबीच सहकार्य र नवीनताका माध्यमबाट व्यवसायिक क्षमताको विस्तार गर्न उल्लेखनीय योगदान दिएको छ। NMA ले विभिन्न कार्यक्रम र गतिविधिहरूमार्फत मार्केटिङ क्षेत्रलाई सुदृढ बनाउने कार्यमा अहम् भूमिका खेल्दै आएको जनाइएको छ।
वार्षिक साधारणसभा पश्चात् क्रिसमस उत्सव पनि “सिक्रेट सान्ता” थिममा आयोजना गरिएको थियो। यस कार्यक्रमले विभिन्न क्षेत्रमाको मार्केटिङ पेशामा योगदान पुराउने नवप्रवर्तकहरूको सहभागितासहित मार्केटिङको भविष्यलाई नयाँ दिशातर्फ अघि बढाउने प्रतिबद्धता प्रकट गरेको छ।
नेपालिज मार्केटिङ एसोसिएसनले सहकार्य, सिर्जनशीलता, र विकासलाई प्रवर्द्धन गर्दै नेपालका मार्केटिङ क्षेत्रलाई अझ मजबुत र एकीकृत बनाउने लक्ष्यलाई पुनः पुष्टि गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे