
काठमाडौँ , पुस ७। चितवन राष्ट्रिय निकुञ्जले बाघ मार्ने प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी नवलपरासीको त्रिवेणी गाउँ पालिका वडा नम्बर १ का २० वर्षीय अमृत न्यौपानेरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले न्यौपानेलाई आज पत्रकार सम्मेलन गरी न्यौपानेलाई सार्वजनिक गरेको हो ।
न्यौपाने गत कार्तिक २९ गते पक्राउ परेका हुन् । प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार सोही गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौँ अल्झेको जस्तो देखिने तार एक थान फेला परेसँगै अनुसन्धानका क्रममा पाटेबाघको रौँ भएको पाइएपछि न्यौपानेलाई पक्राउ गरिएको हो।
न्यौपानेको मोबाइलबाट कल डिटेल निकाल्ने क्रममा पासोमा परेको बाघको तस्बिरसमेत प्राप्त भएको पन्तले जानकारी दिए। निकुञ्जले नेपाली सेनाको नयाँ गोरख गढको समन्वयमा न्यौपानेलाई पक्राउ गरेको हो । पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा मुद्दा चलाइने तयारी भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे