
काठमाडौँ , पुस ५ । हालको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ, जसको कारण देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई र उपत्यकाका केही स्थानमा भने हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसोको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ, जबकि अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति, कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ, भने अन्य क्षेत्रहरूमा मौसम सफा रहनेछ। साथै, कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे