
काठमाडौँ , पुस ४ । पर्सा राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको सबुज गणको पोस्टमा पालेको हात्तीको आक्रमणबाट सर्लाही हरिपुर नगरपालिका-९ का २५ वर्षीय माउते मनिष चौधरी घाइते भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार, बुधवार दिउँसो हात्तीलाई दाना पानी खुवाउने क्रममा अचानक हात्तीले सुडले हानी मनिष चौधरीको शरीर र कानमा चोट पुर्याएको हो।
घाइते माउतेको चितवनको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ। आक्रमण गर्ने हात्तीलाई सोही स्थानमा बाँधेर राखिएको प्रहरीले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे