
काठमाण्डौ । इन्टरनेशनल करियर काउन्सेलिङ सेन्टर (ICCC) ले आफ्नो पुतलीसडक कार्यालयमा इन्टरनेशनल बिजनेस युनिभर्सिटी (IBU) सँग एक विशेष जानकारीमूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्यो।
यस कार्यक्रममा IBU मा भर्ना भएका र भर्ना हुने इच्छुक विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रह्यो। कार्यक्रमका प्रमुख वक्ता IBU का इन्टरनेशनल रिक्रुटमेन्ट म्यानेजर श्री समीर जावेदले विश्वविद्यालयका शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, विद्यार्थी सहायता प्रणाली, र स्नातकपछिको करियर सम्भावनाका विषयमा विस्तृत जानकारी दिएका थिए।
सहभागीहरूले सोधपुछ गर्दै यो अवसरको लाभ उठाएका थिए। कार्यक्रमले सहभागिहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।
IBU र ICCC बीचको यस सहकार्यले क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूको सपना साकार पार्न महत्वपूर्ण भूमिका खेलेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे