
काठमाडौँ, मङ्सिर २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आज नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई सम्बोधन गर्दै चम्किलो धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए ।
प्रधानमन्त्री ओलीले भने , “नेपाल चीन केवल सीमाभन्दा बढी धेरै विषय आदानप्रदान गर्छन् । हामी हाम्रो इतिहासको अविष्मरणीय कालखण्ड, हाम्रा पहाडहरूको भव्य आलिङ्गन, हाम्रा नदीहरूको जीवनदायी प्रवाह र हाम्रा संस्कृतिहरूको गहिरो र समृद्धिको बन्धनमा बाँधिएका छौँ , नेपाल र चीनबीच इतिहासदेखि नै असल मित्रता रहिआएको छ । यो सम्मेलनले मैत्रीको बन्धनलाई गहिरो बनाउनेछ, आपसी सिकाइलाई प्रसारित गर्नेछ र नेपाल, चीन र त्यसभन्दा बाहिरका बौद्ध समुदायहरूबीच शान्ति, करुणा र सहयोगका शाश्वत मूल्यहरूको वकालत गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे