
काठमाडौँ, मङ्सिर २७ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले पाँच दिनको म्याद थपेको छ। न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले बिहीबार प्रहरीले गरेको म्याद थपको निवेदनमाथि सुनुवाइ गर्दै पाँच दिनको म्याद दिएको हो।
प्रहरीले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धिकरणका अभियोगमा अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार यो अन्तिम म्याद थप हो र अब अभियोजन पत्र दायर गर्ने तयारी भइरहेको छ। लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे