
काठमाडौँ, मङ्सिर २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०द्धारा पक्राउ परेका दुर्गा प्रसाईंलाई विद्यतुीय कारोबार ऐन अन्तर्गको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ ।
गत मंसिर ४ गते सीआईबीले प्रसाईंलाई उनकै घर भक्तपुरबाट पक्राउ गरेको थियो । प्रसाईंलाई पहिलो कसुरमा असोज ६ गते पक्राउ गरेको थियो। दुई वटा छुट्टाछुट्टै जाहेरीका आधारमा उनी ९ दिन हिरासतमा बसेर छुटेका थिए। जिल्ला अदालतले दुई वटा कसुरमा ५०- ५० हजार धरौटी माग गरेको थियो। प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको कागजात, भिडियो र फोटोहरू आफूले बनाएको अस्वीकार गरेका छन् ।
विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरको अनुसन्धानको क्रममा उनले भनेका छन्, ‘ती प्रमाण मैले बनाएको कागजात, भिडिया तथा फोटोहरू होइन ।’ साइबर अपराधको कसुरमा ५ वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था भएकाले उक्त सजाय मागदाबी गर्दै मुद्दा दर्ता भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे