
काठमाडौँ, मङ्सिर २६। नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ। कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउन गरिनेछ।
सूचना अनुसार, सटडाउन बिहान ११ बजेदेखि ३ बजेसम्म हुनेछ र यसले तीन फिडरअन्तर्गतका क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्द गर्नेछ। बुधबार कीर्तिपुरको रोपवे फिडर सटडाउन गरिनेछ जसबाट बल्खु करिडोर प्रभावित हुनेछ।
बिहीबार मच्छेगाउँ फिडरअन्तर्गत भत्केपाटीदेखि राराहिल चोकसम्म र शुक्रबार कीर्तिपुर रिङरोड क्षेत्र प्रभावित हुनेछ। शनिबार बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। पुस १ देखि ५ गतेसम्म विभिन्न क्षेत्रहरूमा क्रमशः सटडाउन हुनेछ। मौसम प्रतिकूल भए सटडाउन नहुने प्राधिकरणले जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे