
काठमाडौँ, मङ्सिर २६। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ। उनको पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेको छ ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो । उनलाई अहिले केही बेरमा बुद्ध एयरबाट काठमडौं ल्याएर पोखरा लगिनेछ । सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हाल उनी सिमरा विमानस्थलमा रहेको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे