
काठमाडौँ,–कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक आज सम्पन्न भएको छ। बैठकमा कर्णाली प्रदेशका सुरक्षा निकायका प्रमुखहरू र माननीय मुख्यमन्त्री तथा आन्तरिक मामिला र कानून मन्त्री यामलाल कडेलले सहभागी थिए।
बैठकमा प्रदेशको समग्र सुरक्षा स्थिति, आपराधिक गतिविधिहरूको अवस्था र आगामी सुरक्षा रणनीतिहरूको बारेमा गहन छलफल गरिएको थियो। सुरक्षाका विभिन्न पक्षमा समन्वय र सहकार्य थप सुदृढ गर्ने लक्ष्यका साथ बैठकमा विभिन्न प्रस्तावहरू माथि विचार विमर्श गरिएको थियो।
समितिका सदस्यहरूले आगामी दिनहरूमा सुरक्षा व्यवस्था सुधार गर्ने र आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्नका लागि आवश्यक कदम चाल्ने विषयमा सहमति जनाएका छन्।
कर्णाली प्रदेशका सुरक्षा निकायका प्रमुखहरूले प्रदेशमा भइरहेका सुरक्षा चुनौतीहरू र तिनका समाधानका उपायहरू बैठकमा प्रस्तुत गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे