
काठमाडौँ , मङ्सिर १९ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियटिभ ९बिआरआई० बाट नेपालले लाभ लिने बताएका छन् ।चार दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई उनले सम्बोधन गरेका छन् । यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भई पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताउए । उनले प्रविधिको विकास, मानिसको रोजगारी र लोकतन्त्रको विषयमा आफ्ना धारणा राखेका हुन् । प्रधानमन्त्री ओलीले प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुने बताएका छन् । उनले भने , ‘ प्रविधि र लोकतन्त्रको सन्दर्भमा पनि हामीले सतर्क रहनुपर्छ प्रविधिले यदि मानिसहरूलाई बेरोजगार बनायो भने त्यो विनाशकारी हुनेछ ‘ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे