
काठमाडौं, मङ्सिर १७ । जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी हुनुभएको छ । उहाँले ४ हजार २ सय ७२ मत पाएर विजयी हुनुभएको हो ।
लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार एक सय ४७ मत प्राप्त गर्दा नेकपा एमालेकी सुनिता बोहराले २५४२ मत ल्याउनु भएको छ ।
निर्वाचन आयोगका अनुसार रास्वपाकी पार्वती पुनले एक सय ७९ मत, राप्रपा नेपालका सुनिता पुन रावलले ५८ मत मात्र प्राप्त गर्नुभएको छ ।
यसअघि यो नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेस विजयी भएको थियो । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे