
काठमाडौं। नेपाल राष्ट्र बैंकको सार्वजनिक भुक्तानी प्रणाली सूचकांक प्रतिवेदनअनुसार, नेपालमा डिजिटल भुक्तानीको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। प्रतिवेदनमा २०८१ को बैशाखसम्म मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड र वालेट सेवाहरूको प्रयोगमा महत्वपूर्ण वृद्धिको संकेत गरिएको छ।
बैशाख महिनामा मोबाइल बैंकिङको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। २०८१ को बैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ४२ लाख ४४ हजार ५१७ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ठूलो वृद्धि हो। कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ६३ लाख १४ हजार ९९६ पुगेको छ भने वालेट सेवाको प्रयोग पनि २ करोड ७८ लाख ५६ हजार ३२९ पुगेको छ। क्यूआर कोडमार्फत भुक्तानीमा पनि ९.५ प्रतिशतको वृद्धि देखिएको छ।
तर, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या केही घटेर ३ लाख ७ हजार ३१६ मा सीमित भएको छ। यसको कारण डिजिटल भुक्तानीका अन्य विधिहरूमा बढ्दो आकर्षण रहेको बताइएको छ। २०८१ को जेठ र आषाढ महिनामा पनि मोबाइल बैंकिङ, कनेक्ट आईपीएस र वालेट सेवाको प्रयोगमा वृद्धि भएको छ। यद्यपि, डिजिटल भुक्तानीको वृद्धिको बावजुद, इन्टरनेट बैंकिङको प्रयोग स्थिर रहनु एक चूनौतीको रूपमा रहेको छ।
नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकाससँगै यसको लोकप्रियता बढेको छ। क्यूआर कोडको माध्यमबाट भुक्तानीको वृद्धि स्पष्ट देखिएको छ। २०८१ को जेठ महिनामा क्यूआर कोडमार्फत १९ करोड ८२ लाख २२ हजार कारोबार भएका छन्। यसले डिजिटल भुक्तानीलाई अझ सरल र सुविधाजनक बनाएको छ। तर, डिजिटल भुक्तानीका अन्य विधिहरूमा स्थिरता वा केही गिरावट आएको छ।
साउन महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ४७.४६ लाख पुगेको छ, जुन गत वर्षको तुलनामा ५०.६५ प्रतिशतको वृद्धि हो। कनेक्ट आईपीएस र क्यूआर कोडको प्रयोगमा तीव्र वृद्धि भएको छ, जबकि वालेट सेवामा कमी आएको देखिएको छ। डिजिटल भुक्तानीका इन्टरनेट बैंकिङ र अन्य भुक्तानी विधिहरूको तुलनामा क्यूआर कोड र मोबाइल वालेटले बढी आकर्षण प्राप्त गरेको छ।
हालैको भदौ महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घटेर ४३.१४ लाख पुगेको छ भने कनेक्ट आईपीएस र क्यूआर कोडको प्रयोग स्थिर रहेको छ। यद्यपि, भदौ महिनामा इ–कमर्स कारोबारमा वृद्धि देखिएको छ। डिजिटल भुक्तानीको इन्टरनेट बैंकिङ र डेबिट कार्ड प्रणालीमा वृद्धि भइरहेको छ भने, अन्य डिजिटल भुक्तानी विधिहरूको प्रयोगमा स्थिरता र गिरावट आएको छ।
नेपालको डिजिटल भुक्तानीको बढ्दो लोकप्रियता र सुविधाका बाबजुत, यसको व्याप्तिमा केही चुनौतीहरू पनि रहेका छन्। एउटा प्रमुख चुनौती भनेको इन्टरनेट बैंकिङ र शाखारहित बैंकिङको तुलनामा अन्य डिजिटल भुक्तानी माध्यमहरूको अपेक्षाकृत कम वृद्धि हो। साथै, डिजिटल भुक्तानी प्रणालीका प्रयोगकर्ताहरूका लागि सुरक्षा र गोपनीयता समेत चुनौतीका बिषय बनेका छन्। साथै, डिजिटल भुक्तानीमा क्रिप्टोको प्रयोग र यसका कानुनी ढाँचामा सुधार आवश्यक देखिन्छ।
नेपाल राष्ट्र बैंकले आगामी महिनाहरूमा डिजिटल भुक्तानीको वृद्धिको दरलाई थप गति दिने अपेक्षासहित, यसको संरचनामा सुधार गर्ने योजना बनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे