
काठमाडौं, मङ्सिर १३ । बाराको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी पक्राउ गरेको छ । २०८१ जेठ २ गते साँझ आदर्शकोतवाल गाउँपालिका २ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा क्याम्पस प्रमुख कुसवाहाको हत्या भएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
क्याम्पस प्रमुख कुशवाहाको हत्यामा सुरेन्द्रसहित १७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । अनुसन्धानको क्रममा सुरेन्द्रले जग्गासम्बन्धी विवादमा हरिभुषणको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनी नेपाली सेनाका भगौडासमेत रहेको प्रहरीले जनाएको छ । २०६० सालमा नेपाली सेनामा भर्ना भएका सुरेन्द्र २०७० मा जागिर छाडेर भागेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे