
काठमाडौँ, २२ नोभेम्बर। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवाका शुल्कहरूको विवरण सार्वजनिक गर्न निजी मेडिकल कलेज र सरकारी अस्पताललाई परिपत्र गरेको छ। यस परिपत्रमा, मन्त्रालयले अस्पताल र स्वास्थ्य सेवा प्रदायकलाई आफ्ना शुल्कहरू वेबसाइटमा राख्न र सेवाग्राहीलाई सहज ढंगले जानकारी प्राप्त गर्न सुनिश्चित गर्न आग्रह गरेको छ।
मन्त्रालयको पत्रमा, शल्यक्रिया शुल्क, सबै प्रकारका शय्याका विवरण, रेडियोलोजी सेवाहरू र ल्याब शुल्कको विवरण समेत खुलाउन निर्देशन दिइएको छ। यसबाहेक, अस्पतालहरूले टिकटसहितका अन्य सेवाहरूको पनि विवरण खुलाउने व्यवस्था मिलाउनु पर्ने उल्लेख गरिएको छ।
स्वास्थ्य मन्त्रालयले शुल्क विवरण सार्वजनिक नगरेको वा तोकिएभन्दा बढी शुल्क लिएको गुनासो सुनेपछि, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जनताले आफूलाई आवश्यक पर्ने सबै जानकारी सहजै प्राप्त गर्न सक्ने गरी शुल्क विवरण सार्वजनिक गर्न निर्देशन दिएका थिए। मन्त्री पौडेलको चासो पछि, मन्त्रालयको गुणस्तर मापन र नियमन महाशाखाले यस विषयमा परिपत्र जारी गरेको हो।
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले परिपत्र जारी गरेपछि शुल्क विवरण सार्वजनिक भएको छ वा छैन भन्ने विषयको अनुगमन गर्ने तयारी भइरहेको जानकारी दिए। उनले भने, “पहिलो चरणमा अनुगमन गरिनेछ र यदि तोकिएको भन्दा बढी शुल्क लिएको वा शुल्क विवरण सार्वजनिक नगरेको पाइएमा नियमानुसार कारबाही गरिनेछ।”
यस निर्णयले सेवा प्रदायकलाई पारदर्शिता र जवाफदेहिताको स्तरमा वृद्धि गर्नको लागि दवाव दिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे