
काठमाडौँ , मङ्सिर ६ । आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई स्वीकृत गर्न सक्ने बताइएको छ।
यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत नियमित एजेन्डामा छलफल गर्न बैठक बस्न लागेको हो । त्यस्तै बैठकमा केही नियुक्ति तथा बढुवाका साथै केही अन्य निर्णय हुन सक्ने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे