
काठमाडौँ, कात्तिक २८ । परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन्। परराष्ट्र मन्त्री राणा नोभेम्बर अन्तिम साता चीन जाने तयारीमा रहे पनि मिति भने तय भइनसकेको परराष्ट्र मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि राणा बेइजिङ जान लागेकी हुन् । गत सोमबार नेपालका लागि चिनियाँ राजदूत छन सोङ परराष्ट्र मन्त्री राणालाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे