
काठमाडौँ , ५ कात्तिक । विपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै छन् । विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलको संयुक्त बैठकले सोमबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्। सरकारका कामकारबाहीका विषयमा समिक्षा बैठक गरेका उनीहरुले सरकारका उच्च अधिकारीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेका हुन्।
ज्ञापनपत्र आज अपराह्न साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझ्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदलले ज्ञापनपत्रको मस्यौदा बनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे