
काठमाडौँ , २१ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी–८ चिसाङपुल नजिक आइतबार साँझ सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा ३३ वर्षीय प्रहरी जवान चित्रसागर राई रहेका छन् । राई अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत थिए।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । राई सङ्खुवासभाको सिलिचुङ गाउँपालिका–२ का बासिन्दा थिए। उनलाई गम्भीर अवस्थामा विराटनगरको कोशी अस्पतालमा भर्ना गरिए पनि चिकित्सकले अस्पतालमा पुर्याउँनासाथ मृत घोषणा गरेका थिए। शव पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।
प्रहरीले कार र चालक, मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे