
काठमाडौँ, असोज १६ । कोशी प्रदेशका नौ जिल्लामा बाढीको जोखिम रहेको जानकारी जल तथा मौसमविज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले दिएको छ। ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा बाढीको मध्यम जोखिम छ। महाशाखाले आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की र लमजुङका आसपासका जिल्लामा साना नदीहरुको बहाव बढ्ने अनुमान गरिएको छ। कन्काई नदीको जलसतह बुधबार र बिहीबारमा उल्लेख्य वृद्धि हुनेछ, तर सतर्कता तहभन्दा तल रहनेछ। यसैले कन्काई नदी किनारका क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ। नेपालका अन्य ठूला नदीहरूमा जलसतह सामान्य घटबढ हुने र सतर्कता तहभन्दा तल रहने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे