
काठमाडौं ।असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले नेपालमा व्यापक जनधनको क्षति गरेको छ। किसानका पाक्न लागेको धान, वर्षभरि खाने तरकारी, र अन्य कृषि उत्पादनहरु नष्ट भएका छन्।
सड़क पूर्वाधारमा व्यापक क्षति पुगेको छ; सहज यात्रा गर्ने राजमार्गहरु ध्वस्त भएका छन् र बस्तीहरू बगाएका छन्। पशुचौपायाले पनि अकालमा ज्यान गुमाएका छन्। बाढीका कारणका लागि नेपालमा १७ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, २१ जिल्ला बाढी र पहिरोबाट प्रभावित भएका छन्, विशेषगरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली, र मकवानपुर जिल्लामा बढी क्षति भएको छ।
बाढीका कारण मकवानपुरको इन्द्रसरोवरमा अध्ययनरत ६ जना विद्यार्थीको ज्यान गुमेको छ। प्रारम्भिक तथ्यांकअनुसार बाढी र पहिरोका कारण २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता छन्। १५८ जना घाइते भएका छन् र ४,३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको छ।
भौतिक क्षतिका अनुसार, खानेपानी संरचनामा ३.५५ अर्ब, सडक पूर्वाधारमा २.५२ अर्ब, ऊर्जामा ४ अर्ब, र जलस्रोत र सिँचाइमा १.३५ अर्बको क्षति पुगेको छ। बाढीले ३७ वटा राजमार्ग अवरुद्ध गरेको छ, जसमा नौ वटा सञ्चालनमा आएका छन्।
बाढी र पहिरोका कारण अरनिको, विपी, र कान्ति राजमार्गमा क्षति पुगेको छ। खानेपानीका योजनामा पनि ३.५५ अर्बको क्षति भएको छ। बाढीले धेरै जिल्लाका खानेपानी योजनामा समस्या उत्पन्न गरेको छ।
सरकारले खोज र उद्धारमा ३०,७३१ सुरक्षाकर्मी परिचालन गरेको छ। बाढी र पहिरोबाट प्रभावित परिवारलाई राहत वितरणको प्रक्रिया सुरु गरिएको छ। सरकारको योजना अवरुद्ध सडकलाई छिटो सञ्चालनमा ल्याउने, पहिरो हटाउने र आवश्यक वस्तुको कृत्रिम अभाव नियन्त्रण गर्ने छ।
यद्यपि, नेपालमा प्राकृतिक विपत्तिले बारम्बार धक्का दिएको छ, यो घटनाले धेरैको जन जीवनमा गम्भीर प्रभाव पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे