
काठमाडौँ, असोज १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ( मङ्गलबार) पत्रकार सम्मेलन गर्ने भएका छन्। सचिवालयका अनुसार सम्मेलन आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजना हुनेछ।
प्रधानमन्त्री ओली अमेरिकामा भएको यूएन महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका थिए। स्वदेश फर्किनासाथ उनले मन्त्रिपरिषद् बैठक बोलाएका थिए। सो बैठकले विपतमा निधन भएका परिवारका सदस्यलाई कार्यविधिअनुसार जनही दुई लाख रुपैयाँका दरले सहायता प्रदान गर्ने निर्णय गरेको थियो।
नेकपा (एमाले) को मङ्गलबार बसेको सचिवालय बैठकले ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे