
काठमाडौँ ।शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (EPCAN) ले दशैँ, तिहार, नेपाल सम्बत, र छठ पर्वको अवसरमा विशेष शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रम विभिन्न शैक्षिक संस्थानहरू र संघ-संस्थाहरूको सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रममा JLCT, British Council, IDP IELTS, NEPAL LAB HOUSE लगायतका प्रतिष्ठित संस्थाहरूको सहकार्य रहेको थियो। मिडिया पार्टनरको रूपमा Jupiter Media र edusawal ले कार्यक्रमलाई प्रवर्द्धन गर्ने काम गरेका थिए।
सांस्कृतिक एकताको महत्त्वलाई विशेष रूपमा जोड दिँदै, सहभागीहरूले पर्वको शुभकामना आदान-प्रदान गर्दै एकअर्कासँग रमाइलो गरेका थिए। यस अवसरमा, उपस्थित व्यक्तिहरूले चाडपर्वको महत्व र नेपाली संस्कृति र परम्पराको चर्चा गरेका थिए। यसले सबैलाई एकै थलोमा भेला गरि पर्वको खुसी बाँड्ने अवसर प्रदान गर्यो।
EPCAN ले शैक्षिक परामर्श क्षेत्रमा निरन्तर गुणस्तरीय सेवाहरू प्रदान गर्दै आएको छ। यस प्रकारका कार्यक्रमहरूले नेपाली समाजमा सांस्कृतिक साक्षरता र सहिष्णुताको भावना फैलाउने उद्देश्य राख्छ। चाडपर्वको समयमा यस किसिमका कार्यक्रमहरू आयोजना गरि, EPCAN ले नेपाली शिक्षाका लागि एक सकारात्मक वातावरण सिर्जना गर्न प्रयासरत रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे