
काठमाडौँ । सिलिकन एजुकेशन नेटवर्कले आफ्नो चाबहिल शाखामा क्युंगडोंग युनिभर्सिटी ग्लोबलका अध्यक्ष प्रो. जोन ली र इन्टरनेशनल फ्याकल्टीका डिन जुरायेव सिरोजिद्दिनको उपस्थितिमा कोरियन एजुकेशन इन्फर्मेसन सेसनको आयोजना गरेको छ। कार्यक्रममा अध्यक्ष प्रो. जोन ली र डिन जुरायेवले क्युंगडोंग युनिभर्सिटी ग्लोबलले प्रदान गर्ने गुणस्तरीय शैक्षिक कार्यक्रमहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित अतिरिक्त सेवाहरू, अध्ययनको वातावरण, र अध्ययनपछिको अवसरहरूबारे जानकारी दिएका थिए।
सिलिकन एजुकेशन नेटवर्कले आफ्नो डिल्लिबजार, चाबहिल, बुटवल, दाङ र जडीबुटीस्थित शाखाहरू मार्फत गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे