
काठमाडौँ , असोज ७ । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा।आरजु राणा देउवा सहभागी हुने वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले विज्ञप्ति जारी गर्दै सोमबार हुने कार्यक्रम स्थगित भएको बताएको छ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा। राणाको स्वागतका लागि आयोजना गर्न लागिएको कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो ।
न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायले दिएको सुझावलाई ध्यानमा राखेर आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको जनाएको छ । नेपाली समूदायले आज प्रधानमन्त्री ओली र परराष्ट्रय मन्त्री राणालाई स्वागत गर्ने कार्यक्रम राखेको थियो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे