
काठमाडौँ, २ असोज । नेपालमा आन्तरिक सौन्दर्य प्रतियोगितामा पाँचौं मिस्टर काठमाडौका रूपमा परिचित विजेता प्रकाश राईको निधन भएको छ। उनको बुधबार बिहान निधन भएको हो । बुधबार बिहान ६ बजेतिर उनी एक्कासि लडेका थिए। उनलाई तत्कालै नजिकैको ग्रान्डी अस्पताल लगिएको थियो।
त्यहाँ उपचारको क्रममा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। फोनिक्स फिट्शालाका राईले केहीदिन अघि ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए । मोरङको बेलबारीका उनी टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए । उनको मृत्युको कारण खुलि सकेको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे