
काठमाडौं ।नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष अफर उपलब्ध गराएको छ। यो अफर आज, २०८१ असोज २ देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागू हुने जानकारी दिइएको छ।
यस अफर अन्तर्गत, रु. ४९ मा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र १०० मिनेट अन नेट भ्वाइस सेवाको सुविधा उपलब्ध हुनेछ।
त्यसैगरी, डाटा प्याकेजको रूपमा रु. १११ मा ५ दिनसम्मको लागि ६ जीबी डाटा, रु. १९९ मा ७ दिनको लागि १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्मको लागि २० जीबी डाटा, र रु. ३९९ मा १५ दिनसम्मको लागि ३० जीबी डाटा प्याकेज पनि उपलब्ध हुनेछ।
यही अफरमा रु. ७८९ को फेस्टिभ कम्बो प्याक पनि खरिद गर्न सकिने छ। प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूका लागि ३० दिनसम्म प्रयोग गर्न सकिने यो प्याकेजमा ३० जीबी डाटा, सबै नेटवर्कमा ६०० मिनेट अल नेट भ्वाइस सुविधा, र २०० अल नेट एसएमएस सुविधाहरू उपलब्ध छन्। पोस्टपेड प्रयोगकर्ताले यो प्याकेज लिदा मासिक भुक्तानीमा कटौती गर्न सक्ने सुविधा पनि प्रदान गरिएको छ।
ग्राहकहरूले आगामी असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट ८८८८ डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे