
काठमाडौं ।सोह्र श्राद्धको प्रक्रिया बुधबार प्रतिपदा तिथिबाट आरम्भ हुने जानकारी दिइएको छ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहने भएकाले, त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने कारणले पहिलो तिथिको श्राद्ध गर्न तयारी गरिएको छ।
मूल वैदिक परम्पराअनुसार, बुधबार नै प्रतिपदा तिथि उल्लेख गरिएको छ। वैदिक परम्परामा तिथि टुट्दैन र एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ।
सनातन धर्मावलम्बीहरूले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा मनाउने गर्छन्। यस वेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ।
आमाबाबु नहुने व्यक्तिहरूले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मान्दै श्राद्ध गर्नुपर्ने जानकारी गराइएको छ। तिथिमै गर्न नसकेमा, अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा रहेको पनि उल्लेख गरिएको छ।
यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरेर सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे