
काठमाडौं ।यही असोज १ गते, विश्वकर्मा पूजा को अवसरमा नयाँ बानेश्वर शाखाको उद्घाटन सम्पन्न भएको छ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रिय अध्यक्ष शेषराज भट्टराई, वरिष्ठ उपाध्यक्ष लक्ष्मण पौडेल, तृतीय उपाध्यक्ष गितान्जली शर्मा लगायत इक्यानका अन्य केन्द्रिय पदाधिकारीहरू, विश्वविद्यालय, कलेज र संस्था प्रतिनिधिहरू, पत्रकार तथा शुभचिन्तकहरूको उपस्थितिमा पाँचौं शाखाको उद्घाटन गरिएको हो।
समारोहमा प्रमुख अतिथिहरू र विशेष अतिथिहरूले संयुक्तरूपमा रिबन काटेर र पानसमा दीप प्रज्वलन गर्दै शाखाको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थाकी मेनेजिङ डाइरेक्टर श्रेया पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित अतिथिहरूले शाखा विस्तारको अनवरत प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै, संस्थाका अध्यक्ष उद्वब बनले समापन मन्तव्य व्यक्त गर्नुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे