
काठमाडौं। वसन्तपुरमा आइतबार बिहान इन्द्रध्वजा ठड्याएर काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राको औपचारिक रूपमा शुरुआत भएको छ। बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा उत्थानसँगै यस वर्षको इन्द्रजात्रा आजदेखि सुरु भएको हो।
हनुमानढोका दरबारको अगाडि इन्द्रध्वजा ठड्याइँदा इन्द्रजात्राको पर्व सुरु भएको मानिन्छ। यो परम्परागत पर्व हरेक वर्ष भदौ शुक्ल द्वादशीको दिनदेखि एक हप्तासम्म मनाइन्छ र यस वर्षका गतिविधिहरू आउँदो असोज ५ गतेसम्म चल्नेछन्।
यसका साथै, असोज १ गते, मंगलवार, कुमारी रथ यात्राको शुरुआत हुनेछ भने असोज २ गते, बुधवार, माथिल्लो टोलमा रथ यात्रा हुने कार्यक्रम छ। असोज ५ गते, शनिवार, नानिचा यात्रा आयोजना गरिने छ। सोही दिन राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढाल्ने क्रममा जात्राका कार्यक्रम समाप्त हुनेछन्।
कुमारी इन्द्रजात्राको अवसरमा पर्सि, असोज १ गते, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहनेछ। आजदेखि इन्द्रजात्रामा मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव र समयबजी सजाएर राख्ने जस्ता परम्परागत सांस्कृतिक र धार्मिक गतिविधिहरू प्रदर्शन गरिनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे