
काठमाडौँ , २८ भदौ । बागलुङबाट रुकुम पूर्व जाँदै गरेको जिप गलकोट नगरपालिका वडा नं। २ भुङखानीमा भएको दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष ३३ वर्षीया भूपेन्द्रा बुढामगरको मृत्यु भएको छ। स्थानीय प्रशासनका अनुसार, थापा जीपमा सवार हुनुहुन्थ्यो जब तीव्र गतिमा रहेको जीप अनियन्त्रित भई सडकबाट खस्ने घटना घट्यो। शुक्रबार बिहान पुथा उत्तरगङ्गा गाउँपालिकाको रा १ ज २०० नम्बर को पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका थिए ।
दुर्घटनास्थलमा गाउँपालिका उपाध्यक्ष बुढामगरको परिचय पत्रका आधारमा पहिचान खुलेको हो । दुर्घटनामा मृत्यु हुने तीन जनामध्ये एक जनाको सनाखत भएको उ छ भने अन्य मृतक एक पुरुष र एक महिलाको पहिचान खुल्न बाँकी रहेको छ । गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै नरेठाँटी चौकीबाट प्रहरी टोली खटिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे