
काठमाडौं ।सिमेक्स इन्क प्रा लि र बीवाईडीले २०२४ सेप्टेम्बर ६ गते सिमेक्स बीवाईडी च्यारिटी फाउण्डेशनको उद्घाटन गरेका छन्। यो फाउण्डेशन समाजमा सकारात्मक योगदान दिनको लागि समर्पित छ, विशेष गरेर शिक्षा, स्वास्थ्य र दिगो विकासका प्रमुख क्षेत्रमा।
सिमेक्स इन्क प्रा लि ले यस फाउण्डेशनलाई १ करोड नेपाली रुपैयाँको सहयोग गरेको छ, जबकि बीवाईडीले फाउण्डेशनको आरम्भको मिति देखि वितरण गरिएका प्रत्येक सवारी साधनको लागि १०,००० रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता जनाएको छ।
यो फाउण्डेशनले यो सबैका लागि उज्जवल र समान भविष्य निर्माणको प्रतिवद्धता हो। यस फाउण्डेशनले दीगो र सकारात्मक परिवर्तन ल्याउनका लागि शिक्षा, स्वास्थ्य, र दिगो विकासका क्षेत्रहरूमा लगानी गर्दै समाजमा महत्वपूर्ण प्रभाव पार्ने उद्देश्य राख्ने छ।
“सिमेक्स बीवाईडी च्यारिटी फाउण्डेशनको शुभारम्भको यस अवसरमा, हामी सबैलाई यो महत्वपूर्ण पहलमा सामेल हुन र दीगो प्रभावको निर्माणमा योगदान दिन अनुरोध गर्दैछौं। यस फाउण्डेशनले सबैका लागि एक राम्रो र समावेशी भविष्यको दिशामा एक महत्वपूर्ण कदम बढाएको छ” सिमेक्स प्रनिधिले भने।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे