
काठमाडौँ, साउन २४ । प्रतिबन्धित लागू औषध गाँजा तथा ब्राउन सुगरसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। बर्दिबास १ स्थित पूर्वपश्चिम लोकमार्ग दक्षिण भवसी खोला आसपासबाट ६ क्विन्टल ११ किलो तयारी गाँजासहित भारततर्फ तस्करी गर्न लागेको अभियोगमा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भारत मोतीहारी ग्राम पञ्चायत कुरिया गाउँका २५ वर्षीय गुड्डुकुमार यादव, २९ वर्षीय मनीषकुमार गिरी रहेका छन् । बा।प्रा ०३–००१ ख २८३२ नम्बरको मिनी ट्रकबाट उक्त गाँजा बरामद गरिएको हो ।
पक्राउ परेका दुई भारतीय नागरिक साथै तस्करीमा प्रयोग भएको सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे