
काठमाडौं, २२ साउन । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका पाँचथर तुम्वेवा गाउँपालिका-५ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-४ बालकोट बस्ने ३० वर्षीय राजेन चाम्लिङ राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वर पेरिसडाँडाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत नयाँ बानेश्वर पठाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे