
काठमाडौँ , १८ साउन – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठसय ४७ परीक्षार्थी सहभागी थिए ।
परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन । कक्षा– १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ । सूचना प्रकाशित गरी नतिजा हेर्ने तरिका सार्वजनिक गरेको हो ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे