पोखरा महानगरपालिका बिरौटा स्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको बस दुर्घटना
1,856 Views
पोखरा,श्रावण १४। पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा स्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो ।
कास्की प्रहरीका अनुसार छोरेपाटन भन्दा ३ किमि टाढा पोखरा वडा नं. २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा परेको उक्त बसमा २७ जना जना विद्यार्थी, चालक र परिचालक (महिला) सवार थिए ।
प्रारम्भिक जानकारी अनुसार विद्यार्थीहरू सामान्य घाइते छन् । घुम्तीबाट खसेको बस तल सडकमा पुगेको छ । प्रत्यक्षदर्शीका अनुसार बस नपल्टिकनै सिधा रुपमा घस्रिएर धेरै तल पुगेको र बल्ड्याङ नखाएका हुनाले ठूलो क्षति हुन पाएन ।
विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ ।