
काठमाडौँ, असार १२। बैंकिङ कसुर मुद्दाका २ जना प्रतिवादीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ घर भई ललितपुर महानगरपालिका- २८ हरिसिद्धी बस्ने ४७ वर्षीया लैला कुमारी गहतराज र चितवन भरतपुर महानगरपालिका-२४ सुन्दरबस्ती घर भई जिल्ला काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ३४ वर्षीय पदम बहादुर नेपाली रहेका छन् ।
जिल्ला अदालत काठमाडौंबाट २०८१ जेठ १४ गते पक्राउ अनुमति प्राप्त भएका गहतराजलाई काठमाडौं त्रिपुरेश्वरबाट र जिल्ला अदालत पोखरा कास्कीबाट २०८० फागुन १ गते पक्राउ अनुमति प्राप्त भएका नेपालीलाई काठमाडौं मनमैजुबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
आवश्यक अनुसन्धान तथा कारबाहीको लागि गहतराजलाई प्रहरी वृत्त मालीगाउँ र नेपालीलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे