
काठमाडौँ , ९ असार | नाबालिकाहरुलाई ब्युटीपार्लरमा काम दिने बहानामा काठमाडौँका विभिन्न मसाज सेन्टर तथा होटलमा यौन क्रियाकलापमा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गररेको छ ।
पक्राउ पर्नेमा स्पा सेन्टर सञ्चालकहरु गोरखा सिरानचोक घर भई हाल काठमाडौँको टोखा बस्ने रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका घर भई हाल ललितपुरको सातदोबाटा ३३ वर्षकी मखमली माया स्याङ्तान रहेका छन् ।
गोप्य सूचनाको आधारमा टोखाको सनफ्लावर स्पा सेन्टर र ठमेलको ए वान स्पा सेन्टरबाट दुई नाबालिकाको उद्धार गरिएको हो । नाबालिकाहरुलाई स्पा सेन्टरमा मसाज गरेको फोटो तथा भिडियोहरु आफन्तहरुलाई पठाई दिने भनी डरत्रासमा पारी यौनधन्दामा लगाउने गरेका ब्यूरोले बताएको छ । उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा अघि बढाइएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे